भक्तपुरमा थपिए ३ हजार ४४८ मतदाता

भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामवाली दर्ताको आह्वान गरेपछि जिल्लामा मतदाता नामावली दर्ता गर्ने युवापुस्ता बढेका हुन् ।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पुगेका नेपाली नगरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि अहिले १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक दुई सय ५० देखि तीन सय जनासम्म नाम दर्ता गराउन आउने गरेका कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली सङ्कलनमा आजसम्म तीन हजार ४४८ जनाले नाम दर्ता गराएका जानकारी दिए । उनका अनुसार जिल्लाभित्रका पुरुष एक हजार १३ र महिला नौ सय ५४ तथा बाह्य जिल्लाबाट बसाइँ सरी आएका एक हजार ४८१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका छन् ।
सूचना अधिकारी बिसीले भक्तपुरमा अहिलेसम्म कुल एक लाख ९३ हजार ४८२ जना मतदाता कायम रहेका जानकारी दिए । उनले सरकारले नयाँ नामावली दर्तासँगै सच्याउने, दोहोरो नाम हटाउने, ठाउँसारी गर्नेलगायत कार्यका लागि यही कात्तिक ३० गतेसम्मको समयसीमा निर्धारण गरेकाले अझै मतदाताको सङ्ख्या वृद्धि हुने उनले बताए ।













शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया