मिथ्या सूचना नियमनमा सरकारले थाल्यो ‘गृहकार्य’

काठमाडाैं । सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियमनका लागि ‘गृहकार्य’ थालेको छ।
त्यसका लागि गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो।
आज मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनधिकृत प्रयोग र रोकथामबारे धारणा राखे।
बैठकले त्यस्ता भ्रामक सूचना नियमनका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
बैठकमा सहभागीले सामाजिक सञ्जाल र अन्य ‘डिजिटल’ माध्यमबाट विभिन्न प्रकारका भ्रामक र हानिकारक सूचना तीव्र रूपमा फैलिने गरेको बताएका थिए।
त्यस्ता सूचनाले व्यक्तिगत प्रतिष्ठा, संस्थागत छवि, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने देखिएकाले नियमन आवश्यक भएको उनीहरूको भनाइ थियो।









एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया