बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने

काठमाडौँ । बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा बिजुली बत्ती जडान गरी उज्यालो बनाइने भएको छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटीभी जडान गरिनेछ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी करिडोरको गोकर्ण–बल्खु क्षेत्रमा बढ्दै गएको फोहोर मैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आधुनिक सीसीटीभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्नेछ ।
बत्ती र सीसीटीभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेन्डर आह्वान गरिसकेको छ । नदी एवं नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सीसीटीभीमार्फत गरिनेछ ।
१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिन–रात दुवै समयमा काम गर्ने क्यामेरा जडान गरी सर्भर र मनिटरिङ युनिट काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयमा रहने समितिले प्रेस नोटमा उल्लेख गरेको छ ।
अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती,४८ थान फ्लडलाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिने जनाइएको छ ।
सीसीटीभी तथा बत्ती जडान भएपछि उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रिकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया