दल दर्ताको समय चार दिन थपियो

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।
यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगका हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन् । यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ ।
यसैगरी आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै गरेको छ ।








एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया