अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको तीन वर्षदेखिको रोकिएको स्तरोन्नति कार्य पुनः सुरु भएको छ। नयाँ निर्माण कम्पनीसँग कात्तिकमा सम्झौता भएपछि सडक विस्तार अघि बढेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी पुनः ठेक्का आह्वान गरेर ‘सी–एन ए–वान काली जेभी’सँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा सम्झौता गरिएको हो।उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्म फराकिलो स्थानमा कालोपत्र पूरा गरिनेछ भने बाँकी काम क्रमशः तोकिएको समयमा सम्पन्न गरिनेछ। विभिन्न स्थानमा कटिङसँगै विस्तारको काम अगाडि बढेको छ।
पहिलेको ठेक्का असफल भएपछि राजमार्गको अवस्था कष्टकर बनेको थियो। कार्यालयले पुरानो ठेक्का रद्द गरेपछि साढे चार महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरिएको थियो। चार किलोमिटर लम्बाइको यो सडकखण्ड नयाँ कम्पनीले समयमा पूरा गर्नेमा आफूहरू आशावादी रहेको इन्जिनियर योगेशले बताए।
गौरी–पार्वती निर्माण सेवासँगको पुरानो ठेक्का समयमा काम नबढेपछि रद्द गरिएको थियो। ठेकेदारले पाटन उच्च अदालतमा मुद्दा हाले पनि गत असार २५ गते अदालतले मुद्दा खारेज गरेपछि नयाँ ठेक्का प्रक्रियामा मार्ग प्रशस्त भएको कार्यालयले जनाएको छ।
“कम्पनीका स्पष्टीकरण सन्तोषजनक नभएकाले ठेक्का रद्द गरिएको थियो,” योगेशले भने।
धुलिखेल–खावा सडक अरनिको राजमार्गको महत्त्वपूर्ण खण्ड हो, जसले चीनको तातोपानी नाका तथा दोलखा, रामेछापलगायत क्षेत्रमा पहुँच दिने मुख्य मार्गको रूपमा सेवा पुर्याइरहेको छ। स्तरोन्नति ढिलाइ हुँदा यात्रु धुलो, हिलो, जाम र दुर्घटनाको जोखिमसहित यात्रा गर्न बाध्य छन्।
यस सडक विस्तारका लागि २०७९ जेठ २० गते रु २० करोड १९ लाख ४६ हजार ५०१ मा सम्झौता गरिएको थियो। तर समयसीमा सकिएको ११ महिना बित्दा पनि ठेकेदार कम्पनीले जम्मा २५ प्रतिशत मात्र काम अघि बढाएको थियो।
हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म केही डाँडा कटिङ तथा नाली–ड्रेनवालका काम भएको जनाइएको छ। जिपलाइनदेखि खावासम्मको रोड भने भत्काइएर एक किलोमिटर कटिङको काम बाँकी छ।
वर्षामा वेस–सब–वेस बगेर क्षति पुग्दा पुनः काम अवरुद्ध भएको थियो। सडक भत्किएको अवस्थामा थुप्रै दुर्घटना भएर सयौँ यात्रु घाइतेसमेत भइसकेका छन्। अब यो सडकलाई १२ मिटर फराकिलो बनाइ कालोपत्र गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।
नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको वेस राख्ने, अनि दुई चरणमा डिबिएम र आस्फाल्ट कालोपत्र गर्ने योजना रहेको इन्जिनियर योगेशले बताए।









अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया