दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत

दोलखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले पार्टीको ११औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेकपा (एमाले) दोलखाले आज एक पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरेको जानकारी दिएको हो ।
महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भए ।
महिलातर्फ बैतश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशङ्कर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट हुनु भएको जनाइएको छ ।
दलिततर्फबाट शैलुङ गाउँपालिकाबाट विशाल विक र युवातर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।
जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको छ ।
दोलखामा दुई पोलिटब्यरो सदस्यहरु भएको जिल्लामा ९ महाधिबेशन प्रतिनिधि मध्ये ५ पार्बत गुरुङ पक्षधर र चा् आनन्दप्रसाद पोखरेल पक्षधर चयन छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया