राष्ट्रियसभाको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।
कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले आज अध्यक्ष दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदै सो माग गरेको हो । भेटमा राष्ट्रियसभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी थिए।
यही पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएको भन्दै राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो ।
जनताका आवाज उठाउने सार्वभौम सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको हुँदा राष्ट्रियसभाको बैठक बस्न आवश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न कांग्रेसले माग गरेको थियो ।











कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
प्रतिक्रिया