रास्वपाको समानुपातिक सूचीबाट डा. रामजी रामले फिर्ता लिए नाम
मेरोन्यूज
२०८२ पुष २३ गते १६:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले नाम फिर्ता लिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’
आफूभन्दा पछाडि रहेका व्यक्ति संसद्मा पुग्न सकून भन्ने सोचेर पछाडि हट्ने निर्णयमा पुगेको उनको भनाइ छ।‘मेरोभन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर संसद्भित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन्। यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ,’ डा. रामले भनेका छन्।
सम्बन्धित













आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया