६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
मेरोन्यूज
२०८२ पुष २८ गते २०:३७

काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ६५ जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले सोमबार अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने समय दिएको थियो । तर अहिले पनि नाम फिर्ता लिने क्रम जारी छ । अहिलेसम्ममा ६५ जनाले नाम फिर्ताको निवेदन दिएको आयोगले जनाएको छ ।
नाम फिर्ता लिनेमा नेकपा (एमाले), राप्रपा, जनमत, नेत्रविक्रम चन्दको नेकपा माओवादीलगायतका दल छन् । माघ २ गतेसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेस गर्नुपर्ने छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ५२ दिन बाँकी रहेको छ ।
निर्वाचन नजिकिएसँगै दलहरूको गतिविधि बढेको छ भने निर्वाचन आयोगले पनि तयारी तिव्र पारेको छ ।
सम्बन्धित












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया