सेयर बजारमा हरियाली, ४२ अंकले बढ्दा कारोबार कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।
आज ३३९ कम्पनीको दुई करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर एक लाख १५ हजार १८१ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव २४, विकास बैङ्क एक दशमलव ४५, वित्त शून्य दशमलव ९७, होटल तथा पर्यटन तीन दशमलव ३६, जलविद्युत् एक दशमलव ७७ र लगानी समूह दुई दशमलव ५४ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ८६, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ५४, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बीमा एक दशमलव ६५, व्यापार शून्य दशमलव ३७ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य चार दशमलव २३ प्रतिशतले घटेको छ ।
















बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया