क्यानाडामा खोपको विरोध गरी दोस्रो दिन प्रदर्शन, संसद भवन घेराउ

काठमाडौँ । अमेरिकी सीमा पार गर्न कोभिड १९ खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन ठप्प भएको छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ ।
प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहीले अनुसन्धान सुरु गरेको छ । रक्षामन्त्री अनिता आनन्दले ती घटना ‘निन्दनीय’ भएको बीबीसीले जनाएको छ । राजधानी सहरमा स्मारक तोडफोड गरेको विषयमा ओटावा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ट्रक चालकहरुले संसद भवन वरपर ट्रक तेर्साएर राखेका छन् । केही प्रदर्शनकारीले रेस्टुरेन्टका कर्मचारीलाई दुव्र्यवहार गरेको जनाएका छन् । कर्मचारीले रेस्टुरेन्टभित्र मास्क लगाउनुपर्ने बताएपछि प्रदर्शनकारीले दुव्र्यवहार गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
ड्राइभरको प्रदर्शन चर्किएपछि शनिबार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्शाउदै गोप्य स्थलतर्फ भागेको थियो । क्यानडा सीमा पार गर्ने एक लाख २० हजार ट्रक चालकमध्ये ९० प्रतिशतले खोप लगाइसकेका छन् ।
















Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया