लताले गाएको नेपाली गीत, जो उत्तिकै कर्णप्रिय छन्
१३ वर्षमै परिवार पाल्न गीत गाएकी थिइन् लताले

काठमाडौं । भारतीय चर्चित गायिका लता मंगेशकर ९२ वर्षको उमेरमा आइतबार निधन भयो । कोभिड–१९ संक्रमणपश्चात् गएको जनवरीदेखि अस्पतालमा उपचाररत लताको निधन भए पनि उनको स्वरहरु पनि सधैं अमर रहिरहनेछ ।
भारतीय गायिका लताको स्वर भारतीय गीतमा मात्रै गुञ्जिएको छैन, उनका श्वरहरु नेपाली गीत संगितमा पनि उत्तिकै कर्णप्रिय छन् ।
लताका बुवा दीनानाथ मंगेशकर पनि गायक थिए । बाबुको गीत संगितको छत्रछायाँमा हुर्केकी लतालाई अझ सजिलो भयो । लताका बुवाको निधनपछि १३ वर्षको उमेरमा परिवार पाल्न व्यवसायीक रुपमा गीत गाउन थालेकी थिइन् ।
लताले आफ्नो सांगीतिक जीवनमा ३६ भाषाका ३० हजारभन्दा गीतहरु गाएकी छन् । ३६ भाषा मध्ये नेपाली भाषा पनि एक हो । लताले श्वर भरेको नेपाली गीत पनि कहिलै नमर्ने खालको छ ।
उनले सन् १९७४ देखि १९९१ सम्म सर्वाधिक गीत रेकर्ड गरेर ‘गिनिज बुक’ मा आफ्नो नाम दर्ता गराएकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।
यी हुन लताले गाएका चर्चित नेपाली गीत
नेपाली चलचित्र क्षेत्रमा माइतीघर निकै चर्चित सिनेमा थियो । नेपालको पहिलो व्यवसायीक सिनेमा ‘माइती घर’ मा पनि लताले गाएको गीत आज पनि उत्तिकै कर्णप्रिय लाग्छ । ‘माइतीघर’ को ‘जुन माटोमा जन्मेउ हामी’ भन्ने गीतमा स्वर भरेकी थिइन् । उक्त गीतमा संगीत जयदेवको दिएका थिए ।
त्यसैगरी, लताले स्वर भरेको अर्को चर्चित गीत हो ,‘आकाशमा तिरमिरे तारा म गन्न सक्दिन’ । उक्त गीतमा मबिबि शाह (महेन्द्र वीर विक्रम शाह) को शब्द रहेको छ ।
त्यसको करिब पाँच दर्शक अर्थात सन् २०१२ को नोभेम्बर २ मा गायक रामकृष्ण ढकालसँग डोयट् गीत ‘बाँचुन्जेलीलाई’ मा स्वर भरेकी थिइन् ।
आनन्द अधिकारीको शब्द रहेको गीतमा लता र रामकृष्ण स्वर रहेको छ । सम्भवतः लताको नेपाली गीतमा स्वर भरेको अन्तिम गीत पनि हो ।
लताले नेपाली गीत १९६६ मा पहिलो पटक नेपाली गीत गाएकी थिइन् । लताले गाएका नेपाली गीत पनि श्रोता–दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् ।
सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित गरेको थियो । भारत सरकारले लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया