शनिबार, पुष १२, २०८२

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संघलाई फर्निचर प्रदान

मेरोन्यूज २०७८ फागुन ६ गते २१:२३

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ ।

“एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको यो बैंकले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए ।

महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमकाबीच फर्निचर हस्तान्तरण गरेको हो ।

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया