ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु

११ फागुन (रासस÷सिन्ह्वा) ः ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् ।
यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ । त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । हालको रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो ।
यहाँ गएको आठ दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडक बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीले जनाएका छन् । यहाँका उद्धारकर्मीको भनाइअनुसार सबैभन्दा बढी क्षति पेट्रोपोलिस सहरमा भएको छ ।
बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायःजसो विद्यालयमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।
व्यवसायहरू मंगलबार पुनः खोल्न थालिएको छ । मानिसहरूले घरहरू, ऐतिहासिक भवनहरू र डाउनटाउन क्षेत्र सफा गर्न जारी राखेका बताइएको छ । पहिरो र बाढीबाट हालसम्म करिब ६२० टन माटो निस्किएको फोहोर संकलन गर्ने कम्पनीले जनाएको छ ।
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
प्रतिक्रिया