एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) र ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालबीच सम्झौता भएको छ ।
ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको यो बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको हो ।
यस सम्झौतामार्पmत बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान/पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुनेछ ।
यसैगरी, एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटीबीच द्विपक्षीय सम्झौता भएको छ ।
अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानी गर्र्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
सर्लाही-१ मा रास्वपाकी नितिमा कार्की विजयी
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
प्रतिक्रिया