रुसी आक्रमण जारीः युक्रेनसँग वार्ता गर्न शर्तसहित तयार
१ सय ४० जना युक्रेनी नागरिकको मृत्यु

मस्को । युक्रेनमा विहीबारदेखि आक्रमण थालेको रुस वार्ताका लागि तयार देखिएको छ ।
रुस आक्रमणको प्रतिरक्षाका लागि युक्रेन सरकारले आफ्ना १८ हजार स्वयंसेवक नागरिकलाई आज मात्रै मेशिन गन वितरण गरेको थियो ।
बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरहरुमा आक्रमण गरिरहेको छ । रुसले गरेको हमलामा १ सय ४० जना युक्रेनी नागरिकको मृत्यु भएको युक्रेन सरकारलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले बेलारुसको मिन्स्कमा युक्रेनसँग कुराकानी गर्न सकिने बताएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध भएपछि रुस चिढिएको हो । त्यसैले उसले युक्रेन नेटोमा आबद्ध हुन नहुने सर्त राखेको छ ।
युक्रेनलाई ‘तटस्थ घोषणा गर्नका लागि रुसले वार्ता गर्न चाहेको रुसी समाचार संस्था आरआईएले जनाएको छ ।
युक्रेनले सेनाको संख्यामा समेत कटौती गर्नुपर्ने पनि रुसको शर्त छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि रुसका राष्ट्रपति पुटिनसँग वार्ता गर्नका लागि अपिल गरेका थिए ।
यसअघि पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण संघर्षपछि पनि सन् २०१४ र २०१५ मा मिन्सकमै सम्झौता भएको थियो ।
सन् २०१५ को फेब्रुअरीमा मिन्स्कमा जर्मनी र फ्रान्सका नेताको उपस्थितिमा रुस र युक्रेनबीच सम्झौता भएको थियो ।
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया