स्प्राइटले ल्यायो ‘स्प्राइटसँग जित्ने मौका’ अभियान

काठमाडौँ । लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि “स्प्राइटसँग जित्ने मौका” अभियान सुरु गरेको छ ।
यो अभियान अन्तर्गत हरेक घण्टा तथा हरेक हप्ता उपहार जित्ने छन् ।
हरेक दिन ९ जना भाग्यशाली ग्राहकले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
साथै हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने गरी उपहार राखिएको छ ।
यो अफरमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ अथवा स्प्राइट डट कम डट एनपी लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ ।
सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यहि फागुन ८ देखि सुरु भएको यो योजना २०७८ चैत १६ सम्म लागू हुनेछ ।
यसकाे प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासडर अनमोल केसीलाई छायाङकन गरिएको छ ।
यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् ।

















राप्रपाले खोल्यो खाता, जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी
केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया