‘भद्र घले शिक्षा सदन’को १६ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । समाज सेवी भद्राकुमारी घलेको पहलमा स्थापना भएको ‘भद्र घले शिक्षा सदन’को १६ औँ वार्षिकोत्सव मनाएको छ । आर्थिक रुपमा विपन्न तथा अशक्त बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले घलेले उक्त विद्यालय स्थापना गरेकी थिइन् ।
शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गरेकी घलेलाई विद्यालय व्यवस्थापन समिति सम्मान पनि गरेको छ । घलेको ९१ औँ जन्म दिनको अवसरमा विद्यालयले एक कार्यक्रम आयोजना गरी बिहीबार सम्मान गरेको हो । साथै, विद्यालय परिसरमै घलेको ९१ औँ जन्म दिन पनि मनाइएको विद्यालय समितिले जानकारी दिएको छ ।
अनामगर र घट्टेकुलो क्षेत्रमा रहेका विपन्न परिवारका बालबालिकालाई सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने घलेको उद्देश्य रहेको थियो । त्यही उद्देश्यबाट प्रेरित भई खोलिएको उक्त विद्यालयले अहिले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालय व्यवस्थापनको भनाई छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया