नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ का २७ वर्षीय सुबाष रतोकी र कञ्चनपुर शक्लाफाँटा नगरपालिका–२ का ३४ वर्षीय मिलन बोहरा रहेका छन् ।
पाँचथर याङ्गक गाउँपालिका–८ च्याङ्थापुका ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, नौमुले गाउँपालिका–५ सल्लेरीका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी गाउँपालिका–६ का २१ वर्षीय कमल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उक्त फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै उनीहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रुपैयाँ गरी कूल ६५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।
प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरेको जनाएको छ ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया