नवलपुर कांग्रेस चुनावः प्रदेश सभापतिका आकांक्षीले दिए जिल्ला सभापतिमा उम्मेदवारी

नवलपुर । नेपाली कांग्रेसको प्रदेश सभापतिका आकांक्षी महेन्द्रध्वज जिसीले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसका पूर्व सांसद जिसी यसअघि पार्टीको प्रदेश सभापतिको आकांक्षी थिए । प्रदेश सभापतिको दौडबाट बाहिरिएपछि अन्ततः जिल्लामै सभापतिको उम्मेदवारी दिएका हुन् । तर जिल्ला सभापतिमा उनलाई वर्तमान कार्यकालका जिल्ला सचिव प्राध्यापक बालकृष्ण घिमिरेले चुनौति दिएका छन् ।
जिल्ला कार्यसमितिको शनिबार हुने निर्वाचनका लागि शुक्रबार जिसीसँगै घिमिरेले सभापति पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
जिसी डा. शशांक कोइराला पक्षधर हुन् भने घिमिरे पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । संविधानसभा सदस्य र पूर्वसांसद भइसकेका जिसी साविक नवलपरासी सिङ्गो जिल्ला रहँदा विष्णु लामिछानेसँग पराजित भएका थिए ।
यस्तै, दुई उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ ।
उपसभापतिमा चन्द्रबहादुर राना, धर्म बस्याल, उदय अर्याल, केशव सापकोटा, उपयराज अधिकारी, पूर्णसिंह राना, कपिलदेव भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, २ सचिवका लागि पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष होमराज रानाभाटसहित चार जनाले उम्मेदवारी दिएका छन् ।
सचिवमा महेन्द्र पोख्रेल, करुणासागर सुवेदी, मित्रलाल भट्टराईको उम्मेदवारी परेको हो ।
त्यसैगरी, २ सहसचिवका लागि राजेश पौडेल, अशोक केसी, विन्दु काफ्ले र श्यामसुन्दर पराजुलीले उमेदवारी दिएका छन् ।
जिल्लामा कूल १९ सय ७२ मतदाता रहेको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया