शनिबार, चैत १४, २०८२

नेकपालाई भत्काउन पाए पुग्छ, कांग्रेसले बनाउनु पर्छ : गगन थापा

मेरोन्यूज २०७८ फागुन २१ गते १२:३६

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नै घरमा आगो लगाएको बताएका छन् । कांग्रेस निकट निजामती कर्मचारी संगठनलाई सम्बोधन गर्दै उनले नेकपाले आफ्नै घरमा आगो लगाउँदा पाँच वर्ष सरकार चलाउने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

महामन्त्री थापाले आफूहरू पाँच वर्ष प्रतिप्रक्षीमा बसेर काम गर्ने बताउँदै नेकपा सरकारले नै निर्वाचन गराओस् भन्ने चाहेको बताए । ‘हामी सबै तवरबाट पाँच वर्ष प्रतिपक्षीको भूमिकामा बसेर काम गर्ने थियौँ,’ उनले भने, ‘तर, जसले पाँच वर्ष सरकार चलाउने जिम्मा लियो, उसले आफ्नै घरमा आगो लगाए, केही खरानी धसेर देखाउन आए, केही हामीले जितेऔँ भनेर देखाउँदै हिँडे ।’

उनले नेकपाले मुठ्ठी कसेर अब ५० वर्ष नेपाली कांग्रेस सरकार आउँदै भने पनि अहिले देश सम्हाल्ने अवस्थामा आएको बताए । उनले भने, ‘नेकपालाई भत्काउन पाए पुग्छ, कांग्रेसले बनाउनु पर्ने हुन्छ ।’

उनले नेकपा एमाले यही अवस्थामा संसद जारी राखे प्रतिनिधिसभाको चुनाव चाँडो पनि हुने बताए । उनले एमालेसँग प्रतिनिधिसभा सञ्चालन गर्नेबारे छलफल भइरहेको बताए ।

प्रतिक्रिया