‘हेल्लो जिन्दगी’को ‘कता-कता’ मा रोमान्टिक विक्रम र दीपीका

काठमाडौं । ‘हेल्लो जिन्दगी’ फिल्ममा समावेश ‘कता–कता’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ११ चैतमा प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर विष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् ।
युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सनविक्रम राई, विक्रान्त वस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा विरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र विक्रम डि जोशीको कथा,निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा÷सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया