खगेन्द्र लामिछानेले निर्देशन गरेको ‘पानीफोटे’मा के छ ?

काठमाडौं । पशुपति प्रसाद मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने ’पानीफोटो’मार्फत निर्देशकको परिचय थप्दै छन् ।
बधशालामा अनुहार नदेखिएको अभिनेताका रुपमा चिनिएका खगेन्द्रले टलकजंग भर्सेस टुल्केमार्फत फिल्म अभिनय मार्फत दर्शकसँग साक्षात्कार गरे । धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’को रुपमा परिचित गराइसकेका छन् ।
यिनै खगेन्द्र ‘पानीफोटो’मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । फिल्म खेल्नकै लागि मनग्य अफर हुँदा उनले निर्देशनमा डेब्यु गरेका हुन् । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए ।
‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए’, खगेन्द्रले भने ।
स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी युद्धको समयमा करिब डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शकमाझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको फिल्म हो ।
फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय छ ।
फिल्मको छायांकन काठमान्डौसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ ।
फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । कोरोनाभाइरसको महामारीका कारण रिलिज डेटमा केही समय ढिलाइ भएको ‘पानीफोटो’ १० भदौ २०७९ अर्थात् २६ अगस्ट २०२२ मा प्रदर्शनमा आउने भएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया