रोहितको सिरिजमा पनि पुलिसकै कथा, अभिनेतामा सिद्धार्थ

काठमाडौं,
हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स अनुरुप निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्याइसकेका छन् ।
पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ’कप युनिभर्स’ तयार गरिसकेका छन् । कप युनिभर्समा ‘सिंघम’बाट सिम्बा हुँदै सूर्यवंशीसमेत सामेल छन् । अब उनले पुलिसकै कथालाई सिरिजमा समेत देखाउने तयारी थालेका छन् ।
सिद्धार्थ मलहोत्राको अभिनय रहने सिरिजलाई अमेजन प्राइमले निर्माण गर्नेछ । यसै मार्फत सिद्धार्थसमेत सिरिजमा डेब्यु गर्दै छन् । गतवर्ष सिद्धार्थ अभिनित फिल्म ’शेरशाह’ हिट भएपछि एक पटक पुनः पुलिसकै भूमिकामा ल्याउने तयारी अमेजन प्राइमले गरेको हो । यद्यपि, यसलाई सुशवंत प्रकाशले निर्देशन गर्ने छन् ।
यसमा रोहित निर्माताको रुपमा मात्र रहनेछन् । तर , यसको कथा, एक्सन डिजाइन सम्पूर्ण रोहितकै परामर्शमा तयार हुनेछ । यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दै छ । रोहितले सिरिजमै पनि प्रहरीमा लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारी अनुरूप सुरुवात गर्दै छन् । उनले यसलाई आउँदो दिनमा फिल्मसँग पनि जोड्न सकिने संकेत गरेका छन् ।










कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया