रोहितको सिरिजमा पनि पुलिसकै कथा, अभिनेतामा सिद्धार्थ

काठमाडौं,
हलिउडझैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स अनुरुप निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । ‘सिंघम’बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्याइसकेका छन् ।
पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ’कप युनिभर्स’ तयार गरिसकेका छन् । कप युनिभर्समा ‘सिंघम’बाट सिम्बा हुँदै सूर्यवंशीसमेत सामेल छन् । अब उनले पुलिसकै कथालाई सिरिजमा समेत देखाउने तयारी थालेका छन् ।
सिद्धार्थ मलहोत्राको अभिनय रहने सिरिजलाई अमेजन प्राइमले निर्माण गर्नेछ । यसै मार्फत सिद्धार्थसमेत सिरिजमा डेब्यु गर्दै छन् । गतवर्ष सिद्धार्थ अभिनित फिल्म ’शेरशाह’ हिट भएपछि एक पटक पुनः पुलिसकै भूमिकामा ल्याउने तयारी अमेजन प्राइमले गरेको हो । यद्यपि, यसलाई सुशवंत प्रकाशले निर्देशन गर्ने छन् ।
यसमा रोहित निर्माताको रुपमा मात्र रहनेछन् । तर , यसको कथा, एक्सन डिजाइन सम्पूर्ण रोहितकै परामर्शमा तयार हुनेछ । यो सिरिजलाई रोहितको प्रोडक्सन कम्पनीले निर्माण गर्दै छ । रोहितले सिरिजमै पनि प्रहरीमा लुकेको वीरताको कथालाई प्रस्तुत गर्ने तयारी अनुरूप सुरुवात गर्दै छन् । उनले यसलाई आउँदो दिनमा फिल्मसँग पनि जोड्न सकिने संकेत गरेका छन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया