गठबन्धन सरकारबाटै तीन तहको निर्वाचनः गगन
चुनावमा तालमेल गर्ने कि एक्लाएक्लै लड्नेबारेमा छलफल शुरु

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी तीनै तहको निर्वाचन गठबन्धन सरकारले नै गर्ने बताएका छन् ।
कुडा कर्णाली उत्सवका लागि सुर्खेत पुगेका थापाले निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने बल्ल छलफल शुरु भएको बताए । तर अहिलेसम्म गठबन्धन गरेर चुनावमा जाने सम्बन्धमा पार्टीमा कुनै निर्णय नभएको महामन्त्री थापाले बताए ।
‘तर, यो गठबन्धन निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्धित् छ,’ उनले भने, ‘यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।’
अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै थापाले यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन गराउने सन्दर्भमा भने कुनै अलमल नरहेको उल्लेख गरे ।
पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुईवटा मत रहेको भन्दै महामन्त्री थापाले चैत दोस्रो साताभित्र निर्णय हुने बताए ।
अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको हुँदा तल्लो तहको समिति र नेताहरूको रायका आधारमा चुनावी गठबन्धनबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाइ छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया