होलीको रङबाट छालालाई कसरी जोगाउने ?

काठमाडौं । होली खेल्दा हामीले छालाको सुरक्षामा दिन भुल्दा विभिन्न स्वास्थ्य समस्या बढ्ने चिकित्सकहरुले बताएका छन् । छाला रोग विशेषज्ञ डा. धवेन्द्र कर्णले बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्ने बताउँछन् ।
उनका अनुसार यस्ता रङले छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनेदेखि छाला सुक्खा र रुखो बनाइदिन्छ। आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ।
उनले होलीमा सकेसम्म हर्बल रङ प्रयोग गर्न सुझाउँछन् । होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ।
होली खेल्दा छालालाई कसरी जोगाउँने
-छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम वा म्वइस्चराइजर लगाउँने ( म्वइस्चराइजर छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ।)
-होलीको रङबाट छालालाई जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउँने
-हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउँने
-आँखामा चस्माको प्रयोग गर्ने ( आँखामा रङबाट जोगाउँछ )
होली खेलेपछि
एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ।
फेसवासले अनुहार धुने। अनुहार सफा गरेपछि म्वइस्चराइजर लगाउने। रङको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ। हातबाट रङ सफा गरिसकेपछि भिटामिन ‘ई’ युक्त क्रिमले मसाज गर्ने। जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ।
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
लन्डनमा प्यालेस्टाइन एक्सनको समर्थनमा प्रदर्शन , ५ सय जना पक्राउ
Speaker Aryal pledges to perform duties with neutrality
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
प्रतिक्रिया