आमा बन्दै सोनम कपुर

काठमाडौं,
बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको यो निर्णयले बलिउडमा खुसीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं । दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा । हाम्रो परिवार, तिमीलाई प्रेम बर्साउनेछ र सहयोग गर्नेछ । हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्बिरसहित लेखेकी छन् ।
सामाजिक सञ्जालमा वाणी कपूर, करीना कपूर, अंशुला, खुसी, अबू जानी, जाह्नवी कपूरलगायतले सोनमलाई बधाई दिएका छन्।
सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन् । उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन् । विवाहपछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लन्डनमा बस्दै आएकी छन् । परिवारका अनुसार आगामी अगस्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ ।
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया