शनिबार, माघ १०, २०८२

चुनावी तयारीमा दलहरु

एमालेले बनायो उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड (बुँदासहित)

सिफारिस गर्ने प्रावधानमा केही संशोधनको प्रस्ताव, छनौट मापदण्डमा नेताहरुको सहमति

मेरोन्यूज २०७८ चैत ७ गते १६:३२

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड तय गरेको छ । तर त्यसरी उम्मेदवार छनौट गर्दा सिफारिस गर्ने मापदण्डको प्रावधानमा ने पोलिटब्यूरो बैठकले केही संशोधन गरेको छ ।

यस अगाडी केन्द्रीय सचिवालयले बनाएको उम्मेदवारको मापदण्डमा पोलिटब्यूरो बैठकमा आएका सुझाव सम्मलाई समेटेर सामान्य हेरफेर गर्ने प्रस्ताव आएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव गरेको थियो ।

वडा अध्यक्ष र ससदस्यको सम्वन्धित पार्टीको वडा कमिटीले सिफारिस गर्ने र त्यसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने गुरुङले बताए । त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रस्ताव छ ।

महानगरपालिका र उपमहानगरपालिकका मेयर तथा उपमेयरको निर्णय भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रबाट हुनेछ ।

उउम्मेदवार छनौटका लागि कस्ता ब्यक्तिलाइ छनौट गरेर सिफारिस गर्ने भन्नेमा भने एमालेले ६ बुँदे मापदण्ड बनाएको छ ।

ति मापदण्ड हरु यस्ता छन् :-

प्रतिक्रिया