गृहमन्त्रीको पहलमा मैनहियामा दुई दिने स्वास्थ्य शिविर सुरु

बुटवल । गृह मन्त्रालय, सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपीएफ अस्पतालको आयोजनामा रुपन्देहीको सियारी गाँउपालिका २ मैनहियामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ कार्यक्रम सुरु भएको छ ।
सियारी गाँउपालिकाको समन्वय तथा सहआयोजनमा भएको शिविर गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सुरु भएको हो । शिविरमा सशस्त्र प्रहरी अस्पतालका डाक्टर र स्थानीय तहका स्वास्थ्यकर्मीको संयुक्त टोलीले स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण कार्यक्रम गरिने गृहमन्त्रीका स्वकीय सचिव विजेश न्यौपानेले जानकारी दिए ।
अहिलेसम्म शिविरमा पाँच सय बढी नागरिकको उपचार भएको एपीएफ अस्पतालकी डाक्टर सौजन्या कर्माचार्यले जानकारी दिइन् । डा. कर्माचार्यले विशेष गरी शिविरमा महिलाको स्वास्थ्यबारे जचेतना जगाउने र क्यान्सरको स्क्रिनिङ गर्ने कार्यक्रम आइतबारको शिविरमा रहेको जानकारी दिएकी हुन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया