मंगलबार, माघ ६, २०८२

६ वर्षीय बालकले ‘आमा! म मर्न चाहन्न’ भनिरहे, रुसी सेनाले गोली हानिरहे

मेरोन्यूज २०७८ चैत २० गते ९:४९

काठमाडौँ । ‘संसारको सबैभन्दा भारी वस्तु, सबैभन्दा सानो कफिन हो ।’ यो भनाइ रुस–युक्रेनको युद्धले थप पुष्टि गरेको छ ।

रुस-युक्रेन युद्धमा धेरै कारुणीक दृष्य बाहिर आएको छ । यसैबीच एक बच्चाले आफ्नो आमासँग बाँच्न चाहेको अपिलले तरंगित बनाएको छ ।

‘आमा, म मर्न सानै छु’ भन्दै आफ्नो आमालाई बचाउन ६ वर्षीय बालकले अपिल गरिरहेका थिए । तर, आमाको काखमा रहेका ती बालकलाई रुसी सेनाले सात गोली हानेको समाचारमा जनाइएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

६ वर्षको छोराले मर्नुअघि ‘म मर्न चाहन्न’ भन्ने शब्द भनिरहँदा आमाको अवस्था कस्तो हुन्छ ? यस्तो दर्दनाक पीडा युक्रेनको राजधानी किभमा बस्ने अन्ना र उनको छोराले भोगे ।

रुसी आक्रमणमा किभलाई निशाना बनाइहँदा अन्ना आफ्नो १३ वर्षीय छोरी अलिना र ६ वर्षीय छोरा म्याक्सिमसँग शहर छोड्ने निर्णय गरे । त्यस समय अन्नाका दुवै छोराछोरी निकै डराएका थिए ।

जब तिनीहरू घर छोड्ने तयारी गर्दै थिए । ६ वर्षीय म्याक्सिमले आफ्नी आमालाई आफूलाई डर लागेको बताइरहेका थिए ।

पछि ती बालकलाई रुसी सेनाले गाली हानेका थिए । यस क्रममा उनले आमालाई भने, ‘आमा, म मर्न चाहन्न, म सानै छु ।’ तर, उनको कलिलो शरीरमाथि रुसी सेनाले गाेली हानिरहे । उनको शरीरमा रुसी सेनाले सात गोली हानेका थिए ।

सुरुमा अन्नाले आफ्नो बच्चाहरूलाई डर कम गराउन केही नहुने बताएको समाचार जनाइएको छ । तर, उनको ६ वर्षीय छोरा म्याक्सिमलाई रुसी सेनाले गोली हानेर हत्या गरिदिका थिए । एजेन्सी

प्रतिक्रिया