‘शिरिषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

पोखरा । मदन पुरस्कार विजेता उपन्यास शिरिषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन्
थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ ।
केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् ।
थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले शिरिषको फूलको देशयात्रा पोखराबाट गर्न लागेको बताए । पोखरा थिएटर संस्थापक परिवर्तनले पोखरालाई नाटकको सहरका रूपमा चिनाउन यो नाटक अझै प्रभावकारी हुने बताए ।
पोखरा थिएटरले स्थापनादेखि नै विभिन्न रंग समूहसँगको सहकार्यलाई महत्व दिँदै आएको छ । औपचारिक रूपमा पोखरामा रंगमञ्च तयार गरेर भर्खरै नाटक देखाउन थालिएको हो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया