बुधबार, माघ १४, २०८२

कांग्रेस कास्कीका नेताले देउवालाई भने : हाम्रो ६० हजार मतको अपमान नहोस्

मेरोन्यूज २०७९ वैशाख ६ गते १६:०३

काठमाडौँ । नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्रीका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।

विगतमा पनि पोखरा महानगरमा कांग्रेसमाथि अन्याय भएकाले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।

कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए ।

‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ, यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नु भएको छ, त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौँ,’ नेता थापाले भने ।

कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्त बुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ, ६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ, यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौँ, यसमा म हेर्छु भन्नु भएको छ,’ उनले भने ।

प्रतिक्रिया