हेटौँडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो

हेटौँडा । हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदको लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।
सोहीअनुसार मेयर पदमा नेकपा एसबाट मिनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौंडाको सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुद लगायतका क्षेत्रहरुलाई विशेष जोड दिने बताइन् । प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रुपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ ।
उपमेयरका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए ।
















कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया