बिहीबार, माघ १५, २०८२

गभर्नर अधिकारीको रिटमाथि सुनुवाइ हुँदै

मेरोन्यूज २०७९ वैशाख १५ गते १२:११

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा दायर उक्त रिट निवेदन न्यायधीश सपना मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

मंगलबार उक्त रिट निवेदन हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार न्यायाधीशहरू सपना मल्ल र मोक्तानको संयुक्त इजलासमा सुनुवाइ शुरु भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेको र गोप्य सूचना सार्वजनिक गरेको भन्दै उनको निलम्बलक लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

गभर्नर अधिकारीले गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले उनलाई अल्पकालीन आदेश दिएर काम गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया