उपकूलपति प्रा. डा. जोशी निलम्बित
मेरोन्यूज
२०७९ वैशाख १५ गते १४:२०
काठमाडौँ । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ ।
पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्न उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए ।
प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि उपकूलपति प्रा.डा. जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ ।
प्रा.डा. जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्त भएका थिए ।
सम्बन्धित















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया