बिहीबार, माघ १५, २०८२

जिप दुर्घटनामा १३ जना घाइते

मेरोन्यूज २०७९ वैशाख १५ गते १५:१७

दाङ । यात्रुबहाक जिप दुर्घटना हुँदा दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।

घुम्ती बाटोमा जिपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया