प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चार जना पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १८ गते २१:१०
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार चार जनालाई नियन्त्रणमा लिएको छ ।
लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले दोर्दी गाउँपालिका १, ढोकेबेँसीमा राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
डिएसपी कार्कीका अनुसार उनीहरूले प्रसारण लाइनको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । पीडितले २२० केभी प्रसारण लाइन मुनि आफ्नो घर रहेको र प्रभावित भए पनि पीडितको सुनुवाइ नभएको भन्दै पीडितले संघर्षका विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी गाउँपालिका १ ढोकेबेँसीका पवित्रा थापा, राजेश थापा, सञ्जिव थापा र सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो ।
सम्बन्धित
















अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया