‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा
धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतीको सँग मिल्दोजुल्दो !

काठमाडौं । नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो ।
तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को कार्यदिशा अघि सारेका हुन् ।
यही राजनीतिक कार्यदिशामा टेकेर पुँजीवादी क्रान्तिको सम्पूर्ण चरण पूरा गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेर अन्ततः समाजवादसम्म पुग्न सकिने उक्त पार्टीले संश्लेषण गरेको छ ।
बास्तोलाको पार्टीको यो राजनीतिक कार्यदिशा भने विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीको कार्यदिशासँग मेल खाने देखिन्छ ।
किनभने आहुतीको पार्टीको पनि कार्यदिशा ‘वैज्ञानिक समाजवाद’ हो ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया