शनिबार, माघ १७, २०८२

राति देशका धेरै स्थानमा वर्षा हुने

मेरोन्यूज २०७९ वैशाख २४ गते १७:३९

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज राति देशका धेरै स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ ।

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएको हो । आज राति देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

आज बेलुकातिर प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया