बुधबार, माघ ७, २०८२

डोटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

मेरोन्यूज २०७९ वैशाख २९ गते ७:४६

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बस दुर्घटना भएको छ । घटनामा कम्तिमा २५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ ।

कम्तिमा २५ जना घाइते भएको र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया