गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रले गरे मतदान

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोटबाट मतदान गरेका छन् ।
पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भईसकेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया