उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको पनि आशंका

३१ बैशाख । उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।
उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो ।
कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए । यस ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएको बताइएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया