बाराका ६ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?
मेरोन्यूज
२०७९ जेठ १ गते १३:०१

बारा जिल्लाका ६ वडाको मत गणना सकिएको छ । मतगणनाअनुसार कांग्रेसले ३, एमालेले २ र जसपाले एक वडामा जित हासिल गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए ।
यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका छन् । वडा नम्बर २३ मा नेकपा ९एमाले० र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।
सम्बन्धित
















राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया