विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

विराटनगर / देशका ६ महानगर मध्ये विराटनगर महानगरपालिकाको अन्तिम निर्वाचन परिणाम सार्बजनिक भएको छ । मेयरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।
स्थानीय तहको निर्वाचन मा ३ सय भन्दा बढी स्थानीय तह जितेर पहिलो दल बनिरहेको कांग्रेसले महानगरमा पनि पहिलो जित निकाल्दै खाता खोलेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले शनिबार बिहान २ बजे अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर महानगरको दोस्रो मेयर घोषित भएका हुन् । यो महानगरमा यस अघि पनि कांग्रेसले नै जितेको थियो । आफ्नो जित उसले यहाँ सुरक्षा गरेको छ ।
कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) सागरकुमार थापालाई पराजित गरेका हुन । थापाले २१ हजार ४ सय ५५ मत पाएका छन् । दुई बीच ८ हजार ७ सय १५ मतको अन्तर परेको थियो । २०७४ को स्थानीय निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए ।
त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । २०७४ को स्थानीय निर्वाचनमा यहाँ कांग्रेसले मेयर र उपमेयर सहित ८ वडा जितेको थियो । महानगरमा १९ वडा छन ।
















उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया