नर्भिकले विराटनगरमा आइभिएफ सेन्टर सञ्चालन गर्ने

काठमाडौँ । नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौँबाहिर विस्तार गर्ने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा विस्तार गर्ने भएको हो ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । विराटनगरको शनिहाट क्षेत्रमा सुविधा सम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ ।
नर्भिकले थापाथलीमा ०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो । नर्भिकको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले मन पराएका छन् । सेवाग्राहीको मागअनुसार काठमाडौँमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए ।
हाल काठमाडौँमा रहेको आइभिएफ टिमले विराटनगरमा सेवा दिने छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्व स्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुने छ ।
देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत रहेको छ ।
प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसले भविष्यमा जन्मिने बच्चामा हुन सक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया