शुक्रबार, मंसिर ५, २०८२

राधा प्यारीमा गरिमा र प्रिन्सको रोमान्स

मेरोन्यूज २०७९ असार २ गते १८:०१

काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेञ्ज विश्व अधिकारीको रहेको छ ।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।

भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयकै छ ।

प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् ।

प्रतिक्रिया