मुद्रास्फीति के हो ? यसबाट कसरी बच्ने ?

प्रा. डा. नवराज पन्त
साधारण अर्थमा मुद्रास्फीति भन्ने बित्तिकै मूल्य वृद्धि भन्ने बुझिन्छ तर बास्तबिक अर्थमा मुद्राको अबमुल्यन हुनु नै मुद्रास्फीति हो । मानौं काठमाडौँको कुनै एक शैलुनमा कपाल काटेको ज्याला रु १०० छ तर त्यो बढेर रु १५० पुग्यो भने त्यो बढी तिर्नु परेको रु ५० चाहिं मुद्रास्फिती हो । मूल्य वृद्धि हुनु र पैसाको क्रय शक्ती घट्नुलाइ मुद्रास्फिती भनिन्छ ।
क्रमिक रुपले अर्थतन्त्रको बिकास गर्न झिनो दरको धिमा मुद्रास्फिती आबश्यक हुन्छ तर द्रुत वृद्धि दरको मुद्रास्फितीले आर्थिक समस्या निम्त्याउँछ । जब पैसाले छोटो समयमा आफ्नो मूल्य गुमाउँछ, त्यसले पुरै अर्थतन्त्रलाइ अनियन्त्रित दिशातर्फ मोड्न सक्छ । त्यसैले प्राय सबै देशका केन्द्रिय बैंकले मुद्रास्फिती वृद्धि दर नियन्त्रण राख्न कोसिस गर्छन । मुद्रास्फिती वृद्धि हुँदा बस्तु र सेवाको लागत मूल्य वृद्धि हुन्छ त्यसलाई बार्षिक कति % भयो भनि % मा मापन गरिन्छ ।
सन् १७४३ मा पृथ्बी नारायण शाहले नेपाल एकिकरण गर्दा प्रति तोला सुनको मूल्य रु ३ थियो तर अहिले रु ९७,१०२ छ १२७९ बर्षमा ३२,३६७ गुणाले वृद्धि भयो । अमेरिकामा सन् १९१३ मा एउटा सिनेमा हेर्ने टिकटको मूल्य ३४ सेन्ट थियो अहिले ९१६ सेन्ट पुगेको छ । यो २७ गुणा वृद्धि हो । प्रश्न उठ्न सक्छ मुद्रास्फिती दर किन वृद्धि हुन्छ वा किन घट्दैन ?
बास्तबमा पैसा धेरै मात्रामा छापिएको र त्यहि मात्रामा बस्तु तथा सेवाको बिकास गरिएको कारण मुद्रास्फिती संधै वृद्धि हुन्छ, घट्दैन । हामीले यो बुझ्नु जरुरी छ कि महंगी संधै बढ्छ, घट्दैन तर अपबाद स्वरुप उत्पादन वृद्धि हुँदा एकाध बस्तुको मूल्य क्षणिक सस्तो हुन सक्छ तर समग्रमा विश्वमा कसैले पनि मूल्य घटाउन सक्दैन,क्रमिक रुपले बढ्छ । के कारणले मुद्रास्फिती हुन्छ त ? यसको निम्ती निम्न ३ प्रकारका मुद्रास्फितीको बारेमा बुझ्नु जरुरी छ –
१) लागतले धकेलेको मुद्रास्फिती (Cost-Push Inflation )
उत्पादन लागत बढेको खण्डमा स्वाभाविक रुपले मूल्य वृद्धि हुन्छ । प्राय प्राकृतिक प्रकोपले तहस नहस हुँदा, श्रमिकको हाहाकार हुँदा,कच्चा पदार्थको मूल्य वृद्धि हुँदा, उत्पादन घट्दा, अनिबार्य तलब वृद्धि हुँदा, श्रोतको अभाब हुँदा, ब्यबसायिक कर वृद्धि हुँदा र नाना भांतिका जटिल सरकारी नियम उपनियमले जेलिंदा बस्तु तथा सेवाको लागत मूल्य वृद्धि हुन्छ ।
२) मागले तानेको मुद्रास्फिती (Demand-Pull Inflation )
उत्पादनको वृद्धि दरभन्दा मागको वृद्धि दर अत्यधिक वृद्धि हुँदा पनि मूल्य वृद्धि हुन्छ । यो बस्तुको बस्तुको हाहाकार भएको नसोचेको अबस्था हो । सिमित आपूर्तिको कारण उपभोक्ताले बढी मूल्य तिर्न रुचाउँछन् । यस्तो हुनुमा कर कटौती, आर्थिक वृद्धि, नयाँ अविस्कार,सम्भावित मुद्रास्फिती,बजारमा बस्तुको अभाब, सरकारले पूर्वाधारमा अत्यधिक लगानी गर्नु, तरलता अभाब, महामारीको कारण अचानक बस्तु तथा सेवाको माग वृद्धि हुनुले पनि मुद्रास्फिती हुन सक्छ ।
३) माहोलले बनेको मुद्रास्फिती (Built-In Inflation )
ज्याला ( मूल्यको चक्रले मुद्रास्फिती शृजना गर्न सक्छ । यदि जनताले महँगो जीवन यापनको कारण अत्यधिक ज्याला/तलब वृद्धि माग गरे भने बस्तुको उत्पादन लागत वृद्धि हुन्छ, उत्पादकले बस्तुको मूल्य वृद्धि गर्नैपर्छ र यो चक्रले पनि मुद्रास्फिती वृद्धि गर्न सक्छ ।
यसको अलावा सरकारले अत्यधिक मुद्रा छापेको कारण पनि मुद्रास्फिती वृद्धि हुन सक्छ । आर्थिक वृद्धिलाई आधार बनाएर त्यस अनुरुप मुद्रा छाप्नु उचित हो तर यस्तो मुद्रा नगद मात्र होइन ऋण,सहुलियत ऋण,अनुदान आदिको रुपमा जनतामा जान्छ भन्ने हेक्का राख्नु पर्छ । यस्तो अबस्थामा केन्द्रिय बैंकले सस्तो ब्याजदरमा कमर्सियल बैंक,बित्तिय संस्थाहरु र सहकारीहरुलाई ऋण प्रदान गर्न सक्यो भने मात्र जनताले ऋणको नाफामुलक उच्चतम सदुपयोग गर्न सक्छन, त्यतिबेला जनताले खर्च गर्न सक्ने क्षमता वृद्धि हुन्छ । यसको निम्ति केन्द्रिय बैंकले असल र उदार मौद्रिक निती लागु गरेको हुनुपर्छ ।
अर्को तर्फ सरकारले आर्थिक निती प्रस्तुत गर्दा कर कटौती गर्ने, ब्यबसायीले लाभ वृद्धि गर्न सक्ने छुट दिने र जनताले स्वदेसी बस्तुको उपभोग वृद्धि गर्न सक्ने क्षमतावान बनाउनमा ध्यान दिनुपर्छ । सरकारले ब्यबसायिक कर कटौती गर्दा ब्यबसायीले तलब वृद्धि गर्न सक्छ र धेरैलाई रोजगार दिन सक्छ । जब जनतासंग धेरै पैसा हुन्छ त्यतिबेला मात्र खर्च गर्ने क्षमता वृद्धि हुन्छ, माग पनि वृद्धि हुन्छ र मूल्य पनि वृद्धि हुन्छ, त्यो स्वाभाविक हो । यस्तो अबस्थामा राष्ट्रले मुद्रास्फिती थेग्न सक्छ । दिगो बिकासलाइ कायम राख्न थोरै दरको मुद्रास्फिती वृद्धि दर आबश्यक हुन्छ पनि ।
नेपाल आयातमुखी देश हो कुल आयात निर्यात व्यापारमा करिब ९०% आयात हुन्छ भने १०% मात्र निर्यात छ, हामी ब्यापार घाटाको मारमा छौं । कुल बजेटको करिब ७०% रेमिट्यान्सले थेग्ने गरेको छ भने बाँकी राजस्व तथा अनुदान वा बिदेसी लगानी आदि छ । यो रेमिट्यान्स भर नभएको पैसा हो किनभने विदेशमा घर सस्तो भयो भने नेपालीहरुले बिदेस मै छाप्रा किन्छन र रेमिट्यान्स घट्न सक्छ । खहरे खोला जस्तै हो, धनी देशहरुले आबासलाइ मुख्य सम्पत्ती सोच्छ, सुन पैसालाइ मुख्य सम्पत्ती मान्दैन । हाम्रो बजेटमा पुंजीगत खर्च भन्दा चालु खर्च बढि छ तर दिगो बिकासको निम्ती ठिक उल्टो हुनु जरुरी छ वा चालु खर्च भन्दा पुँजीगत खर्च बढि हुनुपर्छ ।
अहिले विदेशमा रहेका नेपालीले पठाएको डलरले जन्माएको अत्यधिक बिदेसी मुद्रा संचितीको आधारमा विलासिताका बस्तुको अत्यधिक आयात गरिएको छ । बास्तबमा नेपालले इन्धन सवारी साधन पुरै निषेध गर्नुपर्छ र तरकारी मासु अन्न फलफुल आयात पनि निषेध गर्नुपर्छ किनभने प्रति व्यक्ति आय १,३६२ डलर भएको देशले प्रति लिटर पेट्रोलको मूल्य रु १७८ र प्रति घण्टा पार्किङ चार्ज रु १५० तिर्न गाह्रो छ किनभने यो मूल्य प्रति व्यक्ति आय २७,४९० भएको दक्षिण कोरियाको सरह छ अर्थात आम्दानी छैन खर्च बढि छ । हाम्रो हैसियत बिदेसी तरकारी खाने स्तरमा पुगेको छैन यस्ता आयातले नेपाली किसानलाइ मार्छ, मूल्य पाउंदैनन । त्यसैले इन्धन सवारी साधनलाइ निषेध गर्दै बिजुली सवारी साधन (कार, बस, रेल आदि) मा शुन्य % आयात कर लागु गरेर बिजुलीको उच्चतम उपभोग निती लागु गरेर आत्मनिभर अर्थतन्त्र तर्फ उन्मुख हुनु आजको आबश्यकता हो ।
इन्धन सवारी साधन भन्दा बिजुली सवारी साधनमा संचालन खर्च ८०% सस्तो हुन्छ र स्वदेसी उर्जा उपभोग गर्दा एकातर्फ प्रदुषण न्यूनीकरण हुन्छ भने अर्को तर्फ स्वदेसी उर्जा खपतले गर्दा करिब ७०% ब्यापार घाटा कटौती हुनसक्छ । हाम्रो ब्यापार घाटा इन्धन,विलासी इन्धन सवारी साधन र बिदेसी खानेकुराको आयातमा केन्द्रित छ । त्यस्तै हामी आत्मनिर्भर हुन नेपालको कृषकलाइ बिजुली,बिउ,मल,यन्त्र आदि अनुदान दिन सकिन्छ । यसरी आत्मनिर्भर अर्थतन्त्रको फेर समात्ने हो भने सम्भावित उच्च मुद्रास्फितीको त्रास हट्न सक्छ । अहिलेको बिश्वको मुद्रास्फिती दर ६.७% छ भने नेपालको मुद्रास्फिती दर ७.७% छ, मुद्रास्फिती दर एकल अंकमा सिमित छ,यो धेरै उच्च मुद्रास्फिती दर होइन, स्वाभाविक मुद्रास्फिती हो ।
एक महिनामा ५०% वा बार्षिक १०००% मुद्रास्फिती दर वृद्धि हुनुलाई हाइपर मुद्रास्फिती (hyperinflation) भनिन्छ । विश्वमा अहिले त्यस्तो अनुमान गरिएको छैन । अहिलेको मुद्रास्फितीले बिश्वमा स्वाभाविक मूल्य वृद्धि गर्न सक्छ त्यो दिगो बिकासको निम्ती समयानुकुल आबश्यक मुद्रास्फिती हो । यतिबेला नेपाल राष्ट्र बैंकले बिदेस गएका नेपालीलाइ बैंक मार्फत अनिबार्य डलर पठाउनु पर्ने, उदार IPO निती जारी गरेर सबै ठुला कम्पनीमा जनताको आर्थिक स्वामित्व स्थापना गर्ने, बैंकको ऋण ब्याजदर ५% भन्दा कममा झारेर राष्ट्रिय उद्योगमा स्वत स्फुर्त जागरण ल्याउने, बित्तिय संस्थाको जगेडा कोष न्यनिकरण गर्ने, स्वदेसी कृषी क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने र EV मा शुन्य % कर निती लागु गरेर बिजुली सवारी साधनलाइ प्रत्येक पर्यटन ब्यबसायीको पहुँचमा पुर् याई पर्यटन ब्यबसायको प्रबर्धन गर्ने, एउटा नोटलाइ एक दिनमा १२ जनामा कारोबार हुने गरि उच्चतम सर्कुलेट गर्ने हो भने हामी झन धनी हुन सक्छौं । त्यतिबेला सरकारलाइ पैसा नपुग भएमा ब्यबसायिक क्षेत्रको बिद्युत महसुल वृद्धि हुन सक्छ र गरिबलाइ निशुल्क बिद्युत दिन सकिन्छ ।
नेपालमा सबैलाइ समान बृद्ध भत्ता प्रदान गर्ने निती गलत छ, तर बिपन्न,निसहाय, साना किसान,भत्ता बिहिन ब्यक्ती, दोब्बर प्रति व्यक्ति आय भन्दा कम आम्दानी भएका आदि बृद्धलाइ मात्र बृद्ध भत्ता दिनुपर्छ । अहिले नेपालमा खर्ब पतीका परिवारले बृद्ध भत्ता बुझेका छन, यो ब्रम्हलुट हो । राष्ट्रको असल मौद्रिक निती तथा आर्थिक नितीले मात्र सम्भावित मुद्रास्फिती नियन्त्रण गर्न सक्छ । नेपालले भारतसंग स्थिर विनिमय दर (१ भारु =१.६ नेरु ) कायम गरेको छ, त्यस्तै चीनसँग पनि त्यस्तै स्थिर विनिमय कायम गर्नु पर्छ किनभने चीनले पनि अमेरिकासंग स्थिर विनिमय कायम गरेको छ । बिदेशी मुद्राको विनिमय दरमा अत्यधिक उतार चढाव आयो भने सानो अर्थतन्त्र भएको मुलुक धारसाही हुनसक्छ तर नेपालको स्थिति त्यस्तो होइन, हामी स्थिर विनिमय दरमा आधारित छौं तर नेपाल भित्र बाणिज्य क्षेत्रमा क्रेडिट क्रंच र डलर क्रंचको समस्या न्यूनीकरण गर्दै जानु समय सापेक्ष हुनसक्छ ।
(लेखक खिम्छन बिश्व बिद्यालय, दक्षिण कोरियाका प्राध्यापक हुन् । उनी नेपाल सेमाउल उन्दोङ अर्थात नयाँ गाउँ अभियानका अध्यक्ष पनि हुन् )
प्रतिक्रिया