आई.एम.ई लाइफ इन्स्योरेन्सले ल्यायो ‘बालकिरण जीवन बीमा’ योजना

काठमाडौं । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई।एम।ई लाइफ इन्स्योरेन्स कम्पनीले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको सार्वजनिक गरेको छ ।
बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले उक्त बिज्ञप्ति मार्फत बताए ।
खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उनले दिए ।













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया