एनआईसी बैंकको ‘क्यास रिसाइक्लियर’ सेवामार्फत सोझै रकम जम्मा गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लियर सेवाको सुरुवात गरेको छ । यस सेवामार्फत ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने छन् ।
यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारमबिना ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने भएको हो । यस मेसिनबाट हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । एक ग्राहकले दिनमा अधिकतम ९९ हजार ५०० रुपैयाँ जम्मा गर्न सक्ने छन् ।
नगद जम्मा गर्न ग्राहकले क्यास रिसाइक्लियर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने वा राख्ने बक्स खुल्ने छ । उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी एसएमएस तथा रिसिप्टमार्फत दिने छ ।
यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।














पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् १२ टिप्स
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया