एक वर्षमा लमजुङ अस्पतालबाट सात हजारले लिए नि:शुल्क सेवा

लमजुङ.। लमजुङ जिल्ला अस्पतालबाट एक बर्षमा सात हजार सेवाग्राहीले नि:शुल्क उपचार सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा उपचारका लागि आएका ६ हजार नौ सय ५७ जनालाई अस्पतालले निस्शुल्क सेवा दिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।
निस्शुल्क सेवा लिनेमा तीन हजार चार सय सात जना पाँच वर्षमुनिका बालबालिका छन् । अस्पताल प्रमुख श्रेष्ठकाअनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ती आएका गरिब, असाहाय, अपाङ्ग, ज्येष्ठ नागरकि लगायतलाई निस्शुल्क सेवा दिएको हो ।
अस्पतालले निस्शुल्कका स्वास्थ्य सेवा दिने क्रममा करिब दुई करोड रुपैयाँको सेवा दिएको प्रमुख श्रेष्ठले बताए । एक करोड ७२ लाख १० हजार तीन सय ७८ रुपैयाँ बराबरको निस्शुल्क सेवा दिएको हो ।
अस्पतालले पाँच वर्षमुनिका बालबालिकाका निम्ती मात्रै ७४ लाख ७५ हजार नौ सय ९७ रुपैयाँ बराबरको सेवा दिएको अस्पतालले जनाएको छ ।
मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालित लमजुङ जिल्ला अस्पतालमा ११ महिनामा मात्रै ६३ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांक छ ।
११ महिनामा आठ हजार पाँच सय ४५ जनाले आकस्मिक सेवा लिएका छन् भने एक हजारभन्दा बढीले प्रसुति सेवा लिएका हुन् ।
नेपाल सरकारको स्वामित्वको यो १५ शैयाको अस्पताल ०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा आएको हो । अस्पतालमा हाल ६२ शैया रहेका छन् ।
अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्ला तनहुँ, गोरखा र मनाङका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
















क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया